0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरियामा, किम जोङले गरे स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते ११:३९

२५ जेठ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका क्रममा उत्तर कोरिया पुगेका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले राष्ट्रपति सीलाई स्वागत गरेका छन्।

चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको भिडियो फुटेजमा किम जोङ उन र उनकी पत्नी री सोल जुले मुस्कुराउँदै र ताली बजाउँदै चिनियाँ राष्ट्रपतिको स्वागत गरेको देखाइएको छ। विमानस्थलमा रातो गलैँचा ओछ्याइएको र त्यसको दुवैतर्फ उत्तर कोरियाली सेनाहरू लाइनबद्ध भएर उभिएको दृष्य भिडियोमा कैद छ ।

यद्यपि, सीसीटीभीको उक्त भिडियो क्लिपमा राष्ट्रपति सी र उनको टोलीलाई भने देखाइएको छैन। अर्को चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले भने किम जोङ उन र सी चिनपिङबिच हात मिलाएर भेटघाट भएको तथा उत्तर कोरियाली बालबालिकाहरूले राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई पुष्पगुच्छा अर्पण गरेको छुट्टै रिपोर्ट सार्वजनिक गरेको छ।

दुई देशका शीर्ष नेताहरूबिच अहिले के-कस्ता विषयमा छलफल भइरहेको छ भन्नेबारे चीन वा उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले विस्तृत विवरण सार्वजनिक गरिसकेका छैनन्। भ्रमण सम्बन्धी थप अपडेटहरू आउने क्रम जारी छ ।

सी जिनपिङलाई स्वागत गर्दै किम जोङ उन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?