News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राखेका छन् ।
- संसद् खुलाउने प्रयासमा आज बसेको सर्वदलीय बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमति जुट्न सकेन ।
- विपक्षी दलहरूले भारत भ्रमण र सीमा विवादबारे प्रधानमन्त्रीले नै संसद्मा जवाफ दिनुपर्ने अडान राखेका छन् ।
२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।
आजै बसेको सर्वदलीय बैठकमा पनि यसबारे छलफल भएको थियो ।
बैठकमा सत्ता र विपक्षी दलहरूबीच सहमित जुट्न सकेन ।
बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए ।
यद्यपि विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरे । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद् बैठकमा पुगेर जवाफ दिनुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया 4