0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

अष्ट्रेलियामा ४० भन्दा धेरै ‘दिदी बहिनी तीज साँझ’ कार्यक्रम हुने

राजन घिमिरे राजन घिमिरे
२०८३ जेठ २५ गते २१:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका विभिन्न सहरमा नेपाली कलाकारहरूका साथ ‘दिदी बहिनी तीज साँझ २०२६’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।
  • आगामी १५ अगस्टदेखि १४ सेप्टेम्बरसम्म सञ्चालन हुने उक्त सांगीतिक कार्यक्रमका लागि सहभागी कलाकारहरूको भिसा आइसकेको आयोजकले जनाएको छ ।
  • आयोजक एवं गायिका विन्दु पौडेलले अस्ट्रेलियाभर ४० भन्दा बढी कार्यक्रम प्रस्तुत गरेर ऐतिहासिक उदाहरण प्रस्तुत गर्ने बताइन् ।

सिड्नी । तीजको अवसरमा अस्ट्रेलियाका विभिन्न सहरमा ‘दिदी बहिनी तीज साँझ’ नामक सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ । दिदी बहिनी इभेन्टले आयोजना गर्न लागेको यो कार्यक्रमकी आयोजक एवं गायिका विन्दु पौडेलले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइन् ।

‘हामी यो कार्यक्रमलाई ऐतिहासिक बनाउन लागि परेका छौं । अस्ट्रेलियाभर ४० भन्दा बढी कार्यक्रम प्रस्तुत गरेर प्रवासमा यस्तो बेजोड कार्यक्रमको आयोजना पनि गर्न सकिन्छ भनेर उदाहरण पनि प्रस्तुत गर्ने छौं’ उनले भनिन् ।

‘दिदी बहिनी इभेन्टस तीज साँझ अष्ट्रेलिया टूर २०२६’ नामको यो कार्यक्रममा एलिना चौहान, प्रताप दास, अर्जुन सापकोटा, निशा केसी, देवी घर्ती, अञ्जली अधिकारी, राधिका हमाल, रूबिना अधिकारी र दीपिका बोयम्बु लगायतले सांगीतिक प्रस्तुति दिने भएका छन् ।

सबै कलाकारको भिसा आइसकेको आयोजकले जनाएको छ । कार्यक्रम अगस्ट १५ तारिखदेखि सुरु भएर सेप्टेम्बर १४ तारिखमा समापन हुनेछ ।

सिड्नी, पर्थ, मेलबर्न, तास्मनिया, ब्रिसबेन, क्यानबेरा, गोलकोस्ट, वागा वागा, आर्मीडेल, न्यू कासल र उलंगन लगायतका शहर र स्थानमा कार्यक्रमको आयोजना हुने भएको छ ।

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?