0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सुनको भाउ तोलामा २ हजार बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ।
  • यसैगरी चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले वृद्धि भई ४ हजार ९२५ रुपैयाँ कायम भएको छ।

२६ जेठ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार ३ लाख ११ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९२५ रुपैयाँ कायम भएको छ । गत मंगलबार चाँदी तोलाको ५ हजार ४०५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?