News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको बोली सच्याउन संसद्मा संकल्प प्रस्ताव पारित गर्ने प्रस्ताव गरेका छन् ।
- प्रधानमन्त्री शाहले १७ जेठको प्रतिनिधिसभा बैठकमा नेपालले भारतको जमिन मिचेको भनी दिएको अभिव्यक्तिप्रति विपक्षीले प्रश्न उठाउँदै आएका छन् ।
- अध्यक्ष साम्पाङले सो संकल्प प्रस्तावको मस्यौदा संसद्मा पढेर सुनाउँदै पारित गर्न आग्रह गरे ।
२६ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को बोली सच्याउन संसद्बाट संकल्प प्रस्ताव पारित गर्ने प्रस्ताव गरेका छन् ।
यस्तो प्रस्तावको मस्यौदा उनले संसद्मा पढेरै सुनाएका छन् । यो प्रस्ताव पारित गन पनि उनले आग्रह गरे ।
यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।
यस सन्दर्भमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको बोली सच्याउन संकल्प प्रस्ताव पारित गर्ने प्रस्ताव राखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4