News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्त राजु मिजारलाई पक्राउ गरेको छ ।
- अदालतको फैसला कार्यान्वयनका लागि मिजारलाई काठमाडौं जिल्ला अदालतमार्फत कारागार पठाइएको प्रहरीले जनाएको छ ।
२६ जेठ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
देवीचन्द्र जोशी समेतको जाहेरीको आधारमा बूढानीलकण्ठ नगरपालिका–५ घर भएका ४७ वर्षीय राजु मिजारलाई सीआईबीले पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसुरका १२ र चेक अनादारका २ गरी १४ मुद्दा रहेको सीआईबीले बताएको छ ।
जसको बिगो २ करोड ५८ लाख ६२ हजार ७१६ रहेको छ । जरिवाना ४३ लाख २३ हजार ५४३ तथा क्षतिपूर्ति १ लाख ७२ हजार ९४१ रहेको छन् । यसका साथै ९० दिन कैदको सजाय समेत तोकिएको प्रहरीले बताएको छ ।
फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौं जिल्ला अदालतमार्फत कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4