0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रेमिट्यान्स रेकर्ड : वैशाखमा साढे २ खर्ब

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै हालसम्मकै धेरै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
  • चालु आर्थिक वर्षको १० महिनामा नेपालमा कुल १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
  • चालु आर्थिक वर्षको वैशाखसम्म ३ लाख ३५ हजार ५ सय १० नेपालीले वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिएका छन् ।

२६ जेठ, काठमाडौं । वैशाख महिनामा हालसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स विप्रेषण आएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनाको रेमिट्यान्स मासिक आधारमा हालसम्मकै धेरै हो । चालु आवको १० महिनामा रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिको तुलनामा ४१.२ प्रतिशतले बढेको हो । गत चैत महिनामा २ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

चालु आर्थिक वर्षका १० महिनामा अर्थात् वैशाखसम्म १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आवको सोही अवधिमा १३ खर्ब ५७ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो आर्थिक वर्षको वैशाख महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो ।

चालु आवको वैशाखसम्ममा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।

चालु आवको १० महिना अवधिमा खुद द्वितीय आय २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ । गत आवको सोही अवधिमा अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।

त्यसैगरी चालु आवको वैशाखसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३ सय ६४ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५ हजार ६ सय १० र २ लाख ८० हजार ३ सय १४ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?