0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

जाँगर लागे काम गर्ने हो, नभए मन्त्रालयमै सुत्ने : मन्त्री महावीर पुन

सरकारले तत्काल क्वार्टर दिने अवस्था नभएको बारे आफूलाई थाहा भएको बताउँदै उनले आफू मन्त्रालयमै सुत्ने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते २०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त मन्त्री महावीर पुनले सरकारले तत्काल आवास उपलब्ध नगराएकाले आफू मन्त्रालयमै सुत्ने र बस्ने बताएका छन् ।
  • "यहीँ सुत्ने हो । यहीँ बस्ने हो । सरकारल क्वार्टर दियो भने जाने हो," उनले भने ।
  • उनले आफू बढीमा तीन वर्ष मात्र मन्त्री पदमा बसेर काम गर्ने र बाँकी अवधि युवालाई सुम्पिने बताएका छन् ।

२६ जेठ, काठमाडौं । नवनियुक्त मन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने बताएका छन् । सरकारले तत्काल क्वार्टर दिने अवस्था नभएको बारे आफूलाई थाहा भएको बताउँदै उनले आफू मन्त्रालयमै सुत्ने बताएका हुन् ।

मंगलबार पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्रालयमै सुत्ने र बस्ने बताए ।
‘यहीँ सुत्ने हो । यहीँ बस्ने हो । सरकारल क्वार्टर दियो भने जाने हो । सरकारले तुरुन्तै क्वार्टर दिनेवाला पनि छैन त्यो मलाई थाहा छ,’ उनले भने, ‘क्वार्टरमा भन्दा यहीँ बस्न पाएँ भने खुसी । जाँगर चले काम गर्ने हो । नभए सुत्ने हो । अनि जाँगर चल्छ फेरि उठेर काम गर्ने हो । मेरो तरिका यो छ ।’

उनले आफू ५ वर्ष मन्त्री भएर नबस्ने पनि बताए । ‘मैले अब प्रधानमन्त्रीज्यू र जनताहरूलाई भन्छु- म धेरै बस्दिनँ । बढीमा ३ वर्ष बस्छु । ३ वर्षमा ५/६ वर्षमा गर्ने काम सकेर राम्रो जग बसालेर युवालाई दिने हो । देश बनाउने भनेको युवालाई दिने हो,’ ठट्यौली शैलीमा उनले भने, ‘म पनि ७२ वर्षको युवा हो । म जोश जाँगरले ३० वर्षको हुँ भनिरहेकै छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?