0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

इजरायल जाने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते ७:११

२७ जेठ, काठमाडौं । इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरुले विरोध जारी राखेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क पनि बढी भएको भन्दै परीक्षार्थीहरु मंगलबार विरोधमा उत्रिएका थिए । मंगलबार झडप समेत भएको थियो । त्यसपछि इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सीआईआईएन)ले ‘अप्रत्यासित परिस्थिति’का कारण भाषा परीक्षा अनिश्चतकालका लागि स्थगित गरिएको जानकारी फेसबकुमार्फत् दिएको हो ।

आज बिहान पनि अर्को एक सूचना फेसबुकमा पोष्ट गर्दै आज १० जुनमा सन्चालन हुने परीक्षा पनि स्थगित गरिएको जानकारी दिएको हो ।

सूचनामा लेखिएको छ, ‘मिति २०२६ जुन ९ गते सन्चालन भइरहेको परीक्षाको क्रममा केही अराजक व्यक्तिहरु जबरजस्ती परीक्षा हलभित्र प्रवेश गरी कर्मचारी तथा परीक्षार्थीहरुमाथि भौतिक आक्रमण गरी परीक्षा अवरुद्ध तथा बिथोलेको कारणले सो दिनको साथै मिति २०२६ जुन १० गते सञ्चालन हुने परीक्षा पनि स्थगित गर्नुपरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

उसले जारी गरेको सूचनामा परीक्षाको नयाँ मिति तथा समयसम्बन्धी जानकारी अर्को सूचनामार्फत् दिइने उल्लेख छ ।

इजरायल रोजगार अन्तर्गत अंग्रेजी भाषा परीक्षणको जिम्मा त्रिपुरेश्वरस्थित सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसन्सले पाएको छ ।

परीक्षार्थीहरुले ५ हजार शुल्क तिर्दा पनि आवश्यक कम्प्युटर, हेडसेट तथा अन्य उपकरण संस्थाले उपलब्ध नगराएको, भिडभाड र हल्लाका कारण स्पिकिङ परीक्षा प्रभावित भएको, सर्भर सुस्त हुँदा अनलाइन सिस्टममा सबमिट नभएको लगायतका गुनासा गर्दै आएका थिए ।

May be an image of text that says "अत्यन्त जरुरी सूचना मिति २०२६ जुन ९ गते सऱ्यालन भइरहेको परीक्षाको क्रममा केही अराजक व्यक्तिहरू जबरजस्ती परीक्षा हलभित्र प्रवेश गरी कर्मचारी तथा परीक्षर्थीहरूमाथि भौतिक आक्रमण गरी परीक्षा अवरुद्ध तथा बिथोलेको कारणले सो दिनको साथै मिति २०२६ जुन १० गते सन्वालन हुने परीक्षा पनि स्थगित ग्नुपरेको व्यहोरा सम्बन्घित सबैमा जानकारी गराइन्छ। उक्त परीक्षाको नयाँ मिति तथा समयबारे अर्को सूचना मार्फत यथाशीत्र जानकारी गराइनेछ। यसबाट पर्न गएको असुविधाप्रति हामी हार्दिक क्षमाप्र्थी छो| CIIN International Qualifications Pvt. Ltd. Tripureshwor, kathmandu"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?