0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सेनाद्वारा तिखागढी मर्मतपछि दिपायल सिलगढी नगरपालिकालाई हस्तान्तरण

यसअघि मर्मत र संरक्षणका अभावमा त्यो तिखागढी खण्डहर अवस्थामा थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १५:२६

२७ जेठ, काठमाडौं । नेपाली सेनाले डोटीको ऐतिहासिक तिखागढी मर्मतपछि दिपायल सिलगढी नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको ५ नम्बर बाहिनीका बाहिनीपति सरोजकुमार अधिकारीले दिपायल सिलगढी नगरपालिकाका मेयर विजय खड्कालाई तिखागढी हस्तान्तरण गरेका छन् ।

सेनाले आफ्नै स्रोतमा शीघ्र प्रभावी आयोजनाअन्तर्गत भैरव दल गणद्वारा तिखागढी मर्मत गरेको जनाएको छ ।

तिखागढी प्राचीन डोटी राज्यकालीन सैन्य गढी हो । जुन दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर १ को तिखा गाउँमाथिको डाँडामा रहेको छ ।

यसअघि मर्मत र संरक्षणका अभावमा त्यो गढी खण्डहर अवस्थामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?