0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

पर्वतमा महिलाको हत्या गरेर गहना लुटपाट, समातिए २८ वर्षीय युवा

कर्तव्य ज्यान तथा डाँका चोरीमा मुद्दाका अभियुक्त फलेवास नगरपालिका–५ बस्ने २८ वर्षी कुशल पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १७:२२

२७ जेठ, काठमाडौं । कर्तव्य ज्यान तथा डाँका चोरीमा मुद्दाका अभियुक्त फलेवास नगरपालिका–५ बस्ने २८ वर्षी कुशल पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

फलेवास नगरपालिका–५ खानीगाउँ बस्ने बागलुङ जैमिनी नगरपालिका–५ बिनामारे घर भएकी ५२ वर्षीया सन्तु नेपाली भन्ने सोमकुमारी नेपाली आफ्नै कोठामा जेठ ८ गते मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत समेतबाट खटिएको प्रहरीले उनलाई मोदी गाउँपालिका–५ पातीचौरस्थित होटल प्रिन्साबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा कुशलले सन्तु नेपालीको कोदालो प्रहार गरी हत्या गरेको खुलेको छ । हत्यापछि मृतकले लगाएको सुनको सिक्री र मुन्द्रा लुटेको खुल्न आएको छ । प्रहरीले कुशलको साथबाट मृतककले लगाउने सुनको मुन्द्रा ८ थान बरामद गरेको छ ।

साथै थप अनुसन्धानको क्रममा लुटिएको सुनको गरगहना कुश्मा नगरपालिका–५ दर्शनटोल बस्ने स्मृति गहना उद्योगका सञ्चालक रमेश कुमार श्रेष्ठलाई बेचेको भन्ने खुल्न आएपश्चात प्रहरीले रमेशको गहना उद्योग तलासी गर्दा मृतकले लगाउने सुनको सिक्री १ थान र मुन्द्रा २ थान फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत पर्वतबाट म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?