0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

प्रोटोन ‘इमास-७’ : २० मिनेटमा ८० प्रतिशत चार्ज, ४१० किलोमिटरसम्मको दुरी तय (तस्वीरहरू)

कम्पनीका अनुसार इमास-७ मा आधुनिक ग्लोबल मोडुलर आर्किटेक्चर प्लेटफर्म र उन्नत विद्युतीय प्रविधि प्रयोग गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियाको राष्ट्रिय अटोमोबाइल कम्पनी प्रोटोनको पहिलो विद्युतीय गाडी ‘इमास–७’ जगदम्बा मोटर्समार्फत नेपाली बजारमा सार्वजनिक भएको छ ।
  • यस गाडीमा ६०.२२ किलोवाट प्रतिघण्टा क्षमताको ब्याट्री छ, जसले एक पटकको चार्जमा ४१० किलोमिटरसम्मको दुरी तय गर्न सक्छ ।
  • अत्याधुनिक डिजिटल फिचरसहितको यो ईभीलाई डीसी फास्ट चार्जर प्रयोग गरी २० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

२८ जेठ, काठमाडौं । मलेसियाको राष्ट्रिय अटोमोबाइल कम्पनी प्रोटोनले आफ्नो विद्युतीय सवारी (ईभी) ब्रान्ड ‘इमास’ अन्तर्गतका गाडीहरू बजारमा ल्याएर विद्युतीय यातायात क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ ।

कम्पनीले सन् २०२४ मा ‘इमास–७’ ब्रान्ड सार्वजनिक गर्दै यसलाई ‘इलेक्ट्रिफाई मलेसिया’ अर्थात मलेसियालाई विद्युतीकरण गर्ने अभियानका रूपमा प्रस्तुत गरेको थियो ।

इमास ब्रान्डअन्तर्गत कम्पनीको पहिलो विद्युतीय एसयूभी एचयतयल इमास-७ हो । यसलाई मलेसियाको पहिलो राष्ट्रिय इभीका रूपमा प्रचार गरिएको छ । कम्पनीका अनुसार इमास-७ मा आधुनिक ग्लोबल मोडुलर आर्किटेक्चर (जीएमए) प्लेटफर्म र उन्नत विद्युतीय प्रविधि प्रयोग गरिएको छ ।

नेपालमा पनि इमास-७ को औपचारिक प्रवेश भइसकेको छ । प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्समार्फत मार्च २०२५ मा काठमाडौंमा यसको सार्वजनिक लन्च गरिएको थियो ।

नेपालमा उपलब्ध प्राइम र प्रिमियम दुवै भेरियन्टमा उच्च क्षमताको ब्याट्री, फास्ट चार्जिङ सुविधा तथा आधुनिक डिजिटल फिचरहरू समावेश छन् । प्रिमियम संस्करणमा ६०.२२ किलोवाट प्रतिघण्टा क्षमताको ब्याट्री रहेको छ । जसले करिब ४१० किलोमिटरसम्मको दुरी तय गर्न सक्छ ।

कम्पनीका अनुसार गाडीले डीसी फास्ट चार्जिङमार्फत ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २० मिनेट मात्र लाग्छ । १५.४ इन्चको टचस्क्रिन, १६–स्पिकर अडियो सिस्टम, भेन्टिलेटेड सिट तथा एम्बियन्ट लाइटिङजस्ता सुविधाले यसलाई प्रिमियम श्रेणीको ईभी बनाएको छ ।

मलेसिया सरकारले सन् २०३० सम्म नयाँ सवारी बिक्रीमध्ये २० प्रतिशत हिस्सा विद्युतीय तथा हाइब्रिड गाडीको बनाउने लक्ष्य राखेको छ । यही रणनीतिअन्तर्गत प्रोटोनले आफ्नो पहिलो ईभी उत्पादन कारखाना समेत सञ्चालनमा ल्याइसकेको छ ।

नेपालमा विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणबीच प्रोटोन इमास-७ को आगमनलाई बजार विस्तार र नयाँ प्रतिस्पर्धाको संकेतका रूपमा हेरिएको छ । प्रोटोनले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ गर्दै, दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक इभी प्रविधिमा आफ्नो मिसन अघि बढाइरहेको जनाएको छ । इमास–७ ले शून्यबाट १०० को स्पीड भेट्टाउन ६.९ सेकेन्ड मात्रै लगाउने छ । एसयूभीको टप स्पिड १७५ किलोमिटर प्रतिघन्टा छ ।

प्रोटोनका अनुसार उक्त ब्याट्रीलाई ९२१ पटक पुरै चार्ज र डिस्चार्ज गर्दा ९०.५ प्रतिशत ब्याट्री हेल्थसहित ४ लाख किलोमिटर सजिलै गुडाउन सकिनेछ ।

प्रोटोनले यसमा दुई लेभलको सेन्टर कन्सोल, स्टेरिङ कोलुममा दिइएको गियर सेलेक्टर, पानारोमिक सनरुफ, २५६ कलरको एम्बीयन्ट लाइट, पावर टेलगेट जस्ता फिचर समेटेको छ । भेन्टिलेटेड एण्ड पावर फ्रन्ट सिट, १६ वटा स्पिकर र लेभल २ एडास फिचर यसमा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?