News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा नियुक्त विशाल श्रेष्ठले पदबहाली गर्दै खेलकुदको विकासमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
- नवनियुक्त उपाध्यक्ष श्रेष्ठसहित सदस्यहरू मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई परिषद्मा स्वागत गरिएको छ ।
- परिषद्का सदस्य सचिव रामचरित्र मेहताले नयाँ पदाधिकारीहरूलाई खेलकुदको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभयो ।
२८ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा नियुक्त भएका विशाल श्रेष्ठले पदबहाली गरेका छन् । नेपाल सरकारले उनलाई बुधबार उपाध्यक्षमा नियुक्ती गरेको थियो ।
पदबहाली गर्दै उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट ब्यवस्थापकीय जिम्मेवारीमा आएको भन्दै सबैको सहकार्यमा खेलकुदको विकासमा योगदान दिने विश्वास व्यक्त गर्नु भयो ।
परिषदमा उपाध्यक्ष सहित नवनियुक्त सदस्यहरु मोनालिसा खम्बु, सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई स्वागत गर्दै परिषद्का सदस्य सचिव रामचरित्र मेहताले खेलकुदको पछिल्लो अवस्थाका बारेमा जानकारी दिएका छन् ।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यनजनकार तथा परिषदका विभागीय र शाखा प्रमुखहरुको उपस्थिति थियो ।

प्रतिक्रिया 4