0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले आज उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपराष्ट्रपति रामसहायप्रसाद यादव र कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबीच उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता भएको छ ।
  • भेटका क्रममा उनीहरूबीच सङ्घीयता सुदृढीकरण, प्रदेश-सङ्घीय समन्वय तथा आपसी सहकार्यका विषयमा विचारविमर्श भएको छ ।
  • उपराष्ट्रपति यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सफल कार्यान्वयनका लागि प्रदेश र सङ्घबीचको सहकार्य सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

२८ जेठ, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङले आज उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुख खापुङबीच नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी, सङ्घीयता सुदृढीकरण, प्रदेश-सङ्घीय समन्वय तथा आपसी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले प्रदेशप्रमुख खापुङलाई स्वागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सफल कार्यान्वयनका लागि प्रदेश र सङ्घबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रदेश प्रमुख खापुङले सङ्घीयता कार्यान्वयनमा प्रदेशस्तरको प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय एकता, समावेशिता र संविधानको मर्मअनुसार प्रदेश सरकारको भूमिकाबारे जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?