0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा प्रदेश सभापति हारेपछि सरिनले भनिन्- आजबाट राजनीतिक बिट मारेँ

‘मैले यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर । तर, मेरो सोझो सीधापन आज दुखाइ भो सबैलाई । हजुरको राजनीति गर्नै जानिनँ, कमजोरी भो मेरो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १६:३९

२८ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो कोशी प्रदेश अधिवेशनमा सभापतिकी उम्मेदवार रहेकी गोमा तामाङ ‘सरिन’ले राजनीतिबाट बाहिरिएको घोषणा गरेकी छन् । प्रदेश अधिवेशनमा भएको निर्वाचनको अन्तिम नतिजा नआउँदै सामाजिक सञ्जालबाट उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी हुन् ।

प्रारम्भिक रुझान हेर्दा आफू हार्ने अवस्था देखिएपछि सरिनले सामाजिक सञ्जालमार्फत ‘राजनीतिक बिट मारेको’ घोषणा गरेको टिप्पणी भइरहेको छ ।

‘आजबाट राजनीतिक बिट मारेँ । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु’, उनले फेसबुकमा लेखेकी छन् ।

रास्वपाको आन्तरिक लोकतन्त्र र नयाँ नेतृत्वका लागि भएको यो अधिवेशनमा सरिनलाई बलियो दाबेदारका रूपमा हेरिएको थियो । तर, केन्द्रीय तहका नेताहरूले चुनावी मैदानमै चन्द्रबहादुर राईको पक्षमा खुलेर मत मागेका थिए । जसको मतदान स्थलमै उनले विरोध पनि गरेकी थिइन् ।

त्यसपछि मतगणना नसकिँदै बिहीबार उनले ‘राजनीतिक बिट’ मारेको उल्लेख गरेकी हुन् ।

कोशी प्रदेश सभापति पदमा निवर्तमान कार्यवहाक सभापति सरिनसँगै चन्द्रकुमार गौली, खगेन्द्र कटुवाल, चन्द्रबहादुर राईले उम्मेदवारी दिएका  थिए । मतगणनामा राईकाे जित सुनिश्चित भइसकेकाे छ ।

पहिलो स्टाटस लगत्तै सरिनले फेरि अर्को स्टाटस लेखेकी छन् । ‘आखिर माथिको ह्वीप भन्दै हराएरै छाड्यौ,’ उक्त स्टाटसमा उनले लेखेकी छन्, ‘माननीय तृतीय ज्यु र केन्द्रीय सदस्य ज्यु धन्यवाद । तपाईँ चौथा ज्युहरूलाई सायद अनेक सेटिङ प्यानल बनाउन जानिनँ ।’

उनले थप अगाडि लेखेकी छन्, ‘मैले यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर । तर, मेरो सोझो सीधापन आज दुखाइ भो सबैलाई । हजुरको राजनीति गर्नै जानिनँ, कमजोरी भो मेरो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?