0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सर्वोच्च अदालतको आदेश : प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू

नियमित रुपमा हुने, भेला, आन्दोलन, नाराजुलुस लगायतले आफूहरुको पठनपाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १८:२०

२८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक संस्था एवं अस्पतालहरूको रहेको प्रदर्शनीमार्गमा सार्वजनिक बाटो अवरोध हुने गरी कुनै पनि सभा, भेला, आन्दोलन, नाराजुलुस, प्रदर्शनलगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ ।

नियमित रुपमा हुने, भेला, आन्दोलन, नाराजुलुस लगायतले आफूहरुको पठनपाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

न्यायाधीशहरु मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले २३ पुस, २०८२ मा प्रदर्शनीमार्गमा पठनपाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो ।

सर्वोच्च अदालतले अरु ठाँउमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था, अस्पताल लगायतका ठाउमा ध्वनी तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ ।

प्रदर्शनी मार्गमा वरपर दुई विश्वविद्यालयका चार आंगिक क्याम्पसहरू छन् । नेपाल विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस र बाल्मिकी क्याम्पस र पदमोदय माविको पठनपाठन अवरुद्ध हुने भएपनि सर्वोच्चले प्रदर्शन र ध्वनी प्रदूषण हुने क्रियाकलापमा रोक लगाएको हो । त्यसबाहेक काठमाडौं मोडेल अस्पताल र नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्र समेत प्रदर्शनीमार्गमै पर्छन ।

सर्वोच्च अदालतले समाजकल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सीमित प्रकृतिका क्रियाकलाप मात्रै गर्ने अनुमति दिनू भनी आदेश दिएको छ ।

उक्त प्रदर्शनीस्थलमा सामाजिक, व्यवसायिक, शैक्षिक, बौद्धिक, साँस्कृतिक तथा पुरातात्विक प्रकृतिका भेला प्रदर्शनीबाहेक अरु सभा सम्मेलनका लागि प्रदर्शनीस्थल भाडामा नदिनू भनी आदेश जारी गरेको हो ।

भृकुटीमण्डपको प्रदर्शनीस्थलमा विभिन्न राजनीतिक कार्यक्रम समेत आयोजना हुन्थ्यो । सर्वोच्च अदालतले त्यसमा रोक लगाउन आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?