+
+
Shares

अर्थमन्त्री वाग्लेले सांसदहरूलाई हेप्नुभयो : वर्षमान पुन

‘अर्थमन्त्रीज्यूले माननीय ज्यूहरूलाई अलि हेप्ने गरी, धम्की दिने जस्तो, हिजोकाहरूको हामी छानबिन गर्ने फाइल खोज्दै छौं । हिजोकाले ७० प्रकारका हेरफेर गरे, मैले ६/७ प्रकारको मात्रै गरेँ भन्ने जस्तो गरी प्रस्तुत हुनुभयो’ नेता पुनले भने, ‘यो दुःखद कुरा हो । धेरै नै दुःखद कुरा हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूलाई हेप्ने र धम्की दिने शैलीमा प्रस्तुत भएको आरोप लगाए ।
  • सार्वजनिक लेखा समितिको बैठकमा उनले करका दर हेरफेरको विषयमा अर्थमन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको बताए ।
  • समितिका सभापति भरत बहादुर खड्काले सो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

२९ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सांसदहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेप्न गरी बोलेको भनेर ध्यानाकर्षण गरेका छन् ।

आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा छलफल भएको थियो । साथै प्रतिनिधिसभामै पनि यो विषयमा छलफल भएको थियो ।

जवाफका क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर नेता पुनले लेखा समितिमा यो विषय उठाएका हुन् ।

‘अर्थमन्त्रीज्यूले माननीय ज्यूहरूलाई अलि हेप्ने गरी, धम्की दिने जस्तो, हिजोकाहरूको हामी छानबिन गर्ने फाइल खोज्दै छौं । हिजोकाले ७० प्रकारका हेरफेर गरे, मैले ६/७ प्रकारको मात्रै गरेँ भन्ने जस्तो गरी प्रस्तुत हुनुभयो’ नेता पुनले भने, ‘यो दुःखद कुरा हो । धेरै नै दुःखद कुरा हो ।’

संसदीय समितिको समेत मानमर्दन हुने गरी प्रस्तुत हुँदा संसदीय समितिको सभापतिबाट रुलिङ हुनुपर्ने माग उनले राखे । सभापति भरत बहादुर खड्काले यो विषयमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?