+
+
Shares

लगानी बोर्डको सीईओ नियुक्ति गर्न सिफारिस समितिले माग्यो आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सिफारिश समितिले आवेदन माग गरेको छ ।
  • मान्यताप्राप्त संस्थाबाट स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएका ३५ देखि ६५ वर्षका नागरिकले आवेदन दिन सक्नेछन् ।
  • इच्छुक योग्य उम्मेदवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित सिफारिश समितिको सचिवालयमा १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

२९ जेठ, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन माग गरिएको छ ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समिति सचिवालयले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका तथा इच्छुक नागरिकलाई सीईओ पदका लागि आवेदन दिन आग्रह गरेको छ ।

योग्यता पुगेका नागरिकले सिफारिस समितिको सचिवालय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय) मा १५ दिनभित्र आवेदन बुझाउन सक्नेछन् । मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवद्र्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय तहको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । उम्मेदवार सिफारिस समितिको छनोट सम्बन्धी कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तथा लगानी बोर्ड कार्यालयका वेबसाइटबाट पाउन सकिने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?