News Summary
Generated by OK AI. Editorially reviewed.- हाडजोर्नी रोग विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ ।
- नेपालमा हाडजोर्नी उपचार तथा ट्रमा व्यवस्थापनलाई गुणस्तरीय र सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले यो सोसाइटी स्थापना गरिएको हो ।
२९ जेठ, काठमाडौं । अर्थोपेडिक उपचार तथा ट्रमा व्यवस्थापनमा संलग्न चिकित्सकहरूको साझा संस्था ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ । हाडजोर्नी रोग विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा सोसाइटी गठन गरिएको हो ।
नेपालमा हाडजोर्नी उपचार, ट्रमा व्यवस्थापन तथा नसासम्बन्धी सेवाहरूलाई थप गुणस्तरीय, प्रभावकारी र सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यसहित सोसाइटी स्थापना गरिएको जनाइएको छ । बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नयाँ कार्यसमितिको घोषणा गरिएको हो । सोसाइटीको संरक्षकमा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा. डा. रमेशप्रसाद सिंह रहेका छन् ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्र के. दुवाल श्रेष्ठ तथा उपाध्यक्षमा डा. हेमन्त कुमार गुप्ता चयन भएका छन् । त्यसैगरी महासचिवमा डा. विजयेन्द्र अधिकारी, कोषाध्यक्षमा डा. आलोक पाण्डे, सहसचिवमा डा. पविन थापा र सह–कोषाध्यक्षमा डा. सन्जित झा निर्वाचित भएका छन् ।
कार्यसमितिका सदस्यहरूमा डा. सरोज सिंह, डा. ओमप्रकाश चौधरी, डा. राजीव झा, डा. तोयाराज भट्ट, डा. ललित चौधरी, डा. सुदीप खनाल र डा. सार्थक नेपाल छन् ।
चिकित्सा क्षेत्रको प्राविधिक तथा वैज्ञानिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले डा. रोहित श्रेष्ठको संयोजकत्वमा वैज्ञानिक समिति (साइन्टिफिक कमिटी) पनि गठन गरिएको छ । समितिमा डा. भाष्करराज कार्की, डा. मनीष श्रेष्ठ र डा. विश्वबन्धु निरौला सदस्य छन् ।
देशभरका चिकित्सकहरूको प्रतिनिधित्व सुनिश्चित गर्न सातै प्रदेशबाट प्रतिनिधि चयन गरिएको छ । कोशी प्रदेशबाट डा. रुपेशजंग बेलवासे, मधेश प्रदेशबाट डा. चन्द्रभूषण यादव, बागमती प्रदेशबाट डा. मनोज कँडेल, गण्डकी प्रदेशबाट डा. झपेन्द्र पोखरेल, लुम्बिनी प्रदेशबाट डा. प्रकृतिराज कँडेल, कर्णाली प्रदेशबाट डा. पुजनकुमार रोकाया तथा सुदूरपश्चिम प्रदेशबाट डा. मन्दीप पाठक प्रदेश प्रतिनिधिका रूपमा चयन भएका छन् ।
नवनियुक्त अध्यक्ष डा. लामिछानेले सडक दुर्घटना, कार्यस्थलमा हुने चोटपटक तथा विभिन्न विपद्का कारण नेपालमा ट्रमा सम्बन्धी समस्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै यस्ता चुनौतीहरूको प्रभावकारी व्यवस्थापनका लागि सोसाइटीको आवश्यकता महसुस गरिएको बताए । उनले काठमाडौं उपत्यकादेखि बाहिरका अधिकांश जिल्लाका सक्रिय हाडजोर्नी चिकित्सकहरूलाई संस्थामा समेटिएको जानकारी दिँदै विशेषज्ञहरूबीच अनुभव, ज्ञान र नवीन प्रविधिको आदानप्रदानलाई थप सशक्त बनाउने लक्ष्य रहेको बताए ।
प्रतिक्रिया 4