+
+
Shares

भुमे पर्वको अवसरमा १ असारमा लुम्बिनीका ४ जिल्लामा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १४:२९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेश सरकारले भुमे पर्वका अवसरमा १ असारमा रोल्पा, दाङ, प्युठान र रुकुम पूर्वमा सार्वजनिक बिदा दिएको छ ।
  • मगर समुदायले जमीनको पूजा गरी मनाउने यो पर्व १ असारमा देशका विभिन्न ठूला शहरहरूमा समेत मनाइन्छ ।

२९ जेठ, रोल्पा । मगर समुदायले १ असारमा मनाउने भुमे पर्वको अवसरमा लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

शुक्रबार लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै भुमे पर्व मनाउन रोल्पा, दाङ, प्युठान र रुकुम(पूर्व) मा १ असारमा सार्वजनिक बिदा दिने जानकारी दिएको हो ।

१ असारमा यी चार जिल्ला मात्र नभएर नेपालका ठूला शहरहरूमा समेत मगर समुदायले भुमे पर्व मनाउने गर्दछन् । मगर समुदायले सो दिने जमिनको पूजा गरेर यो पर्व मनाउने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?