News Summary
Generated by OK AI. Editorially reviewed.- बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा बा३ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका १७ जनाको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
- बनेपाबाट सुँगुरे जाँदै गरेको सो बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टले बताए।
२९ जेठ, काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी घाइते भएका १७ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको पनि उनले बताए । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार सुरु गरिएको छ । अन्य घाइतेको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4