+
+
Shares

रास्वपा गण्डकी सभापतिका लागि तीन जनाको उम्मेदवारी

सभापतिका लागि उम्मेदवारी दिनेमा राजन गौतम, नविन त्रिपाठी र माधव कँडेल रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश सभापति पदका लागि राजन गौतम, नवीन त्रिपाठी र माधव कँडेल गरी तीन जनाको उम्मेदवारी परेको छ ।
  • अर्का आकांक्षी हरिशरण आचार्यले सर्वसम्मत नेतृत्व चयन गर्नका लागि आफूले उम्मेदवारी नदिएको बताएका छन् ।
  • गण्डकी प्रदेश अधिवेशनका लागि कुल ७३५ जना प्रतिनिधि रहेको निर्वाचन समितिले जनाएको छ ।

२९ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

सभापतिका लागि उम्मेदवारी दिनेमा राजन गौतम, नविन त्रिपाठी र माधव कँडेल रहेका छन् ।

अर्का आकांक्षी हरिशरण आचार्यले उम्मेदवारी दिएनन् । सर्वसम्मत नेतृत्व चयन गर्नका लागि सभापतिमा आफूले उमेद्‍वारी नदिएको आचार्यले बताएका छन् ।

शुक्रबार दिउँसो साढे ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । उक्त समयभित्रमा गौतम, त्रिपाठी र कँडेलको उम्मेदारी परेको निर्वाचन समितिले जनाएको छ ।

गण्डकी प्रदेश अधिवेशनका लागि ७३५ जना प्रतिनिधि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?