+
+
Shares

व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।
  • उम्मेदवारले न्यूनतम ४० वर्ष उमेर पूरा भई व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।
  • सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गरेसँगै सो प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखती पदमुक्त भएका थिए ।

२९ जेठ, काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले भैंसेपाटीमा रहेको प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।

४० वर्ष उमेर पुगेका न्यूनमत योग्यता र अनुभव भएका नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह पास गरेको हुनुपर्नेछ ।

त्यस्तै सरकारी वा गैरसरकारी संघ संस्था वा प्रचलित कानुन बमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थामा अधिकृतस्तरको पदमा रही श्रम, रोजगार, उद्योग, वाणिज्य, व्यापार, प्रशासन, राजश्व, इन्जिनियरिङ, व्यवस्थापन वा व्यावसायिक तालिमको क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको योग्यता हुनुपर्नेछ ।

आवेदन दिने बेला विषयक्षेत्र समेट्नेगरी कम्तिमा ५ हजार शब्दमा अंग्रेजी वा नेपाली कुनै एक भाषामा व्यावसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।

सरकारले अध्यायदेशमार्फत राजनीतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गरेसँगै प्रतिष्ठानका यसअघिका कार्यकारी निर्देशक रमेश बखती पदमुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?