News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको नमोबुद्धमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
- दुर्घटनामा घाइते भएका १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
- बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो ।
२९ जेठ, काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध २ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको समयमै उद्धार भएको जिल्ला समन्वय प्रमुख दीपक गौतमले बताए ।
घाइतेहरूको समयमै उद्धार भएको जिल्ला समन्वय प्रमुख दीपक गौतमले बताए । उद्धारका लागि समन्वय प्रमुख गौतम, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, नेपाली सेना श्री मेहर गणका गणपति झलक सुवेदी, जिल्ला प्रहरी प्रमुख रविन कार्की, सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटरका एसपी माधव रेग्मी र जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्ट घटनास्थलमा पुगेका थिए ।
कस्तो छ घाइतेहरूको अवस्था ?
१) काभ्रेपलाञ्चोकको रोशी ८ बस्ने बर्ष २२ की एनिशा तामाङको हात खुट्टामा चोट, अवस्था मध्यम
२) रोशी ६ की विष्णु डोल्मो तामाङ, निधार, नाक र पेटमा चोट, अवस्था मध्यम
३) रोशी ८ का नबहादुर तामाङ, टाउको अनुहारमा चोट, अवस्था मध्यम ।
४) रोशी ८ का चन्द्र तामाङ, निधार, हात खुट्टामा चोट, अवस्था मध्यम ।
५) रोशी ८ की रमिता वाइवा, अनुहार र देब्रे खुट्टामा चोट, मध्यम ।
६) रोशी ८ का मनबहादुर तामाङ, टाउको, अनुहार र ढाडमा चोट, मध्यम ।
७) रोशी ७ बस्ने डम्बरबहादुर शाह,टाउको, दाहिने हात र खुट्टामा चोट अवस्था गम्भीर ।
८) रोशी ८ का कृष्ण बहादुर तामाङ, टाउको, मुख र दाहिने कोखामा चोट, अवस्था मध्यम ।
९) जिल्ला बर्दिया बाह्र बर्दिया १२ का सुरेश बहादुर बादी, निधार, दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
१०) बनेपा ३ का घोयासिंह तामाङ (चालक) दाहिने खुट्टा फ्याक्चर, दाहिने हातमा चोट, अवस्था मध्यम ।
११) रोशी २ की बिष्णुमाया लामा, टाउकोमा चोट, अवस्था मध्यम ।
१२) तेमाल ८ का मनुराज तामाङ, टाउको, गर्दन, छातिमा चोट अवस्था मध्यम ।
१३) हाल नाम थर वतन नखुलेको सुवास भन्ने अंन्दाजी ५ बर्षको बालक देब्रे खुट्टामा चोट, अवस्था मध्यम ।
१४) नाम नखुलेको १ बर्षको बालकको टाउकोमा चोट ।
१५) हाल नाम थर वतन नखुलेको पुरुष व्यक्ति टाउकोमा चोट, अवस्था गम्भीर ।
१६) हाल नाम थर वतन नखुलेको बर्ष २०–२२ की महिला टाउकोमा,शरिरको विभिन्न भागमा चोट, अवस्था गम्भीर ।
प्रतिक्रिया 4