+

प्रस्तावित फाप्ला क्रिकेट स्टेडियम पुगेर पूर्वाधारमन्त्रीको आश्वासन- ग्राउन्ड बन्छ

२०८३ जेठ  २९ गते १९:०२ २०८३ जेठ २९ गते १९:०२
प्रस्तावित फाप्ला क्रिकेट स्टेडियम पुगेर पूर्वाधारमन्त्रीको आश्वासन- ग्राउन्ड बन्छ

२९ जेठ, काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले धनगढीको प्रस्तावित फाप्ला क्रिकेट स्टेडियम निर्माण गर्ने आश्वासन दिएका छन् । शुक्रबार निरीक्षणका लागि फप्ला क्रिकेट मैदान पुगेर उनले यस्तो आश्वासन दिएका हुन् ।

धनगढी पुगेका मन्त्री लम्साललाई ‘ड्रीम फाप्ला’का अभियन्ता सुवास शाहीलगायतले फाप्ला क्रिकेट मैदानमा स्वागत गरेका थिए । स्वागत गर्दा क्रिकेटर शेर मल्ललगायत पनि उपस्थित थिए ।

फाप्ला क्रिकेट मैदानको निरीक्षणपछि बिदा लिने क्रममा मन्त्री लम्सालले स्टेडियम बनाउने आश्वासन दिएका थिए ।

‘ग्राउन्ड बन्छ है तपाईँको’ भन्दै उनले क्रिकेट अभियन्ता शाहीसँग बिदा लिएका थिए । सोही क्रममा शाहीले फाप्लामा विश्वकप क्रिकेट खेलको आयोजना गर्ने आफ्नो सपना रहेको सुनाएका थिए ।

यसअघि गतवर्षको असारमा प्रस्तावित फाप्ला क्रिकेट स्टेडियमको वातावरणीय प्रभाव मूल्यांकन(ईआईए) प्रक्रिया सम्पन्न भइसकेको छ । अब स्टेडियम निर्माणका लागि स्रोत सुनिश्चितता आवश्यक छ ।

ड्रीम फाप्ला फाप्ला क्रिकेट स्टेडियम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय