News Summary
Generated by OK AI. Editorially reviewed.- श्रममन्त्री रामजी यादवले युवालाई सिप, रोजगार र उद्यमसँग जोड्ने कार्यलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाइएको बताएका छन् ।
- उनले बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी राम्रो कानून बनाएर रोजगारीको अवसर सृजना गर्न चाहेको स्पष्ट पारे ।
- सरकारले विदेश पलायन भएका युवालाई स्वदेशमै रोजगारीको अवसर दिने अठोटका साथ काम गरिरहेको उनले बताए ।
३१ जेठ, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले युवालाई सिप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा बोल्दै मन्त्री यादवले रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले रोजगारदाता लगायत सम्बन्धित पक्षसँग व्यापक छलफल गरेर अघि बढने योजना बनाएको बताए ।
उनले बौद्धिक सम्पती संरक्षण सम्बन्धी राम्रो कानुन बनाएर त्यसबाट पनि रोजगारीको अवसर सृजना गर्न चाहेको बताए ।
मन्त्री यादवले कुनै पनि युवालाई रोजगारीको खोजीमा विदेश जान बाध्य हुने विद्यमान अवस्थाको अन्त्य गर्ने सपना आफूले लिएको पनि बताए ।
उनले भने, ‘हामीले युवालाई सिप, रोजगार र उद्यमसँग जोडने कामलाई राष्ट्रिय अभियानको रूपमा बढाएका छौं । अबको दशकमा गोभरमेन्ट, इम्प्वोइयरको बीचमा कोअपरेसन गरेर रोजगार कसरी सृजना गर्न सकिन्छ ? यसमा छलफलहरू गरौँला, कामहरू गरौँला ।’
मन्त्री यादवले सरकारले विदेश गएका युवालाई पनि स्वदेशमा नै रोजगारीको अवसर दिने अठोटसहित काम गरिरहेको बताए ।
प्रतिक्रिया 4