+
+
Shares

लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते ८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेश प्रहरी कार्यालयले शान्ति र सामाजिक सद्भावको सन्देश फैलाउन १ असारमा लुम्बिनीमा बृहत् शान्ति पदयात्रा आयोजना गरेको छ ।
  • शान्तिदीपदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म गरिएको दुई किलोमिटर दुरीको पदयात्रामा विभिन्न सङ्घसंस्था र सुरक्षा निकायका पदाधिकारीहरूको सहभागिता थियो ।
  • सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीले ३० जेठदेखि १ असारसम्म विशेष कार्यक्रम सञ्चालन गरेको हो ।

१ असार,बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत् शान्ति पद यात्रा गरेको छ । लुम्बिनीस्थित शन्तिदीपबाट लुम्बिनीस्थित अन्तराष्ट्रिय सभा हलसम्म करिब दुई किलोमिटर पदयात्रा गरिएको हो ।

पदयात्रामा नेपाल प्रहरी सहित सुरक्षा निकाय, उद्योगी व्यवसायीका सङ्घसंस्था सामाजिक संघसंस्था,धार्मिक संघसंस्था, शैक्षिक संघसंस्था लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

शान्ति पदयात्रामा लुम्बिनी विकास कोष का पदाधिकारी, नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की, प्रदेश र जिल्ला प्रहरी प्रमुख हरू को उपस्थिति रहेको थियो ।

शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्ने उद्देश्यले शान्ति पद यात्रा गरिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख हो ।

पदयात्रामा विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय र सरोकारवालाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यही जेठ ३० गतेदेखि असार १ गतेसम्म तीन दिने विशेष कार्यक्रम सञ्चालन भूपेन्द्रबहादुर खत्रीले बताए ।

सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ फरक फरक स्थानमा तीन वटा विशेष कार्यक्रम आयोजना गरिएको खत्रीले बताए ।

आजै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सामुदायिक जनचेतना कार्यकम अन्तर्गत युवा पुस्ता, विद्यार्थी, अभिभावक र आम नागरिकसँग प्रत्यक्ष संवाद गरिनेछ। उक्त कार्यक्रममा बढ्दो साइबर अपराध, लागू औषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण र डिजिटल सुरक्षा जस्ता समसामयिक विषयमा सचेतना जगाउने प्रयास गरिनेछ। समाजका विभिन्न वर्गलाई एउटै स्थानमा ल्याएर संवाद, सिकाइ र सहकार्यको वातावरण निर्माण गर्ने प्रहरीको योजना छ।

यसअघि ह्याक फर सेफ्टी प्रतिस्पर्धा मार्फत प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, सफ्टवेयर डेभलपर, इन्जिनियर तथा नवप्रवर्तनकर्ताहरूलाई समेटेर अपराध नियन्त्रणमा सहकार्यका लागि कार्यक्रम गरिएको खत्रीले बताए ।

परम्परागत उपायले मात्र आधुनिक सुरक्षा चुनौतीको सामना गर्न नसकिने भन्दै प्रहरीले युवाहरूलाई प्रविधिका माध्यमबाट सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग र प्रहरी सेवामा योगदान दिन आह्वान गरेको छ ।

शान्ति कायम राख्नु केवल प्रहरीको मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व हो भन्ने सन्देश दिनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रदेश प्रहरी प्रमुख खत्रीले बताए ।

प्रदेश प्रहरी प्रमुख खत्रीका अनुसार अनुसार यी तीन वटै कार्यक्रमहरू प्रकृति र स्थानका हिसाबले फरक देखिए पनि यिनको साझा उद्देश्य सुरक्षित, सचेत, जिम्मेवार र प्रविधिमैत्री समाजको निर्माण गर्नु रहेको छ ।

प्रविधि, शान्ति, सामाजिक सद्भाव र नागरिक संवादलाई जोड्दै सार्वजनिक सुरक्षा र सामाजिक उत्तरदायित्वलाई नयाँ ढङ्गले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?