+
+
Shares

इथियोपियाबाट काठमाडौं आएका व्यक्तिको पेटभित्र डेढ किलो कोकिन

चिकित्सकको सहयोगमा निकालियो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको ठमेलबाट डेढ किलो कोकिनसहित तीन विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा सेनेगलका नागरिक अमदोउ सार र कोकिन लिन आएका दुई भारतीय महिला रुबी र सोनी रहेका छन् ।
  • इथियोपियाबाट आएका सेनेगलका नागरिकको पेटबाट चिकित्सकको सहयोगमा ७६ वटा क्याप्सुलमा रहेको कोकिन निकालिएको ब्युरोले जनाएको छ ।

१ जेठ, काठमाडौं । डेढ किलो कोकिनसहित ठमेलबाट तीन विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सेनेगलका नागरिक ४३ वर्षीय अमदोउ सार, भारतीय नागरिक ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनी रहेका छन् ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो काटेश्वरको टोलीले पक्राउ गरेको हो ।

ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीकाअनुसार २६ जेठमा कतार एअरवेजको उडान क्यूआर ६४६ बाट इथियोपियाबाट दोहा हुँदै काठमाडौं आएका सेनेगलका नागरिकले उक्त कोकिन ल्याएका हुन् । विमानस्थलबाट बाहिरिएर अमदोउ ठमेलको होटलमा गएर बसेका थिए ।

उक्त कोकिन प्लास्टिकले कोटेड गरी निलेर ल्याइएको थियो । स्वास्थ्यकर्मीको सहयोगमा उनको पेटबाट ७६ क्याम्पसुल अर्थात डेढ किलो कोकिन निकालिएको हो ।

दुई भारतीय महिला भने उक्त कोकिन रिसिभ गर्न आएका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?