+
+
Shares

स्वयम्भूमा अलोका : विश्व शान्ति र करुणाका लागि यात्रा गरिरहेको एउटा कुकुर

यो गतिशिल यात्रामा ऊ भने शान्त र सौम्य देखिन्थ्यो । ऊसँग फोटो खिच्न मात्र होइन, उसलाई एक पटक स्पर्श गर्न लालयितहरूको त्यहाँ भीड लागेको थियो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असार १ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व शान्तिका सन्देशवाहक ‘पिस डग’ अलोका लुम्बिनी हुँदै काठमाडौँ आइपुगेको छ ।
  • भियतनामी भिक्षु पन्याकरसँगै नेपाल आएको अलोकाले स्वयम्भू परिक्रमा गरी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने कार्यक्रम छ ।
  • भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको यो कुकुर अमेरिकामै २३०० माइल लामो पैदल यात्रा पूरा गरी चर्चित बनेको हो ।

मध्यन्हतिर । घाम चर्किरहेकै थियो । स्वयम्भूको उचाइमा भने सितल बताससँगै रंगबिरंगी लुङ्दर फहराइरहेको थियो । यहीबेला आनन्दकुटी बिहारको सिंढीहरू उक्लिदै एउटा कुकुर देखापर्‍यो । उसको घाँटीमा स्कार्फ बाँधिएको थियो । स्कार्फमा लेखिएको थियो– अलोका : पिस एम्बास्डर

यो त्यही कुकुर थियो, जो विश्व शान्ति र करुणाका लागि सन्देशवाहक बनेको छ ।

यो त्यही कुकुर थियो, जो अमेरिकामा १९ जना बौद्ध भिक्षुहरूसँगै २३०० माइल लामो पैदल यात्रा (वाक फर पिस) मा सहभागी थियो ।

यो त्यही कुकुर थियो, जो भारतको सडकमा एउटा बेवारिसे जीवन बिताइरहेको थियो ।

कुनैबेला एक छाक खाना र सुरक्षित आश्रयका लागि भौँतारिरहेका यो कुकुर अहिले ‘सेलिब्रेटी’ बनेको छ ।

अलोका, द पिस डग । आज यही उपमाले ऊ विश्वभरी पुकारिएको छ । बौद्ध भिक्षुसँगै विश्व परिक्रमा गरिरहेको यो कुकुर आज मात्र लुम्बिनीबाट बुद्ध एयरको जहाजबाट काठमाडौं ओर्लिएको हो । अलोकालाई आफ्नो उडानमा स्वागत गर्न पाउँदा एकदमै हर्षित भएको भन्दै बुद्ध एयरले सामाजिक सञ्जालमा फोटो राखेको थियो ।

भिक्षुहरूको समूहमा रहेको अलोकाले विमानस्थलबाट बौद्ध हुँदै आनन्दकुटी बिहारमा गएर बिश्राम लिइरहेको लियो । त्यसपछि मध्यन्हतिर स्यम्भूमा उक्लियो । अघि–पछि लागेको प्रशंसकको लामो लस्करसँगै स्वयम्भूको फन्को लगायो । अनि राष्ट्रपति भवनतर्फ हुँइकियो ।

 

यो गतिशिल यात्रामा ऊ भने शान्त र सौम्य देखिन्थ्यो । ऊसँग फोटो खिच्न मात्र होइन, उसलाई एक पटक स्पर्श गर्न लालयितहरूको त्यहाँ भीड लागेको थियो ।

अलोका को थियो ? कसरी बौद्ध भिक्षुको संगत पायो ? कसरी विश्व शान्ति यात्रामा निस्कियो ? यो सिलसिला बताउनुअघि उनको वर्तमान यात्रा तालिकाको कुरा गरौं ।

एक सातादेखि भारत भ्रमणमा रहेका भियतनामी भिक्षु पन्याकरको साथ लागेर अलोका पनि हिजो लुम्बिनी पुगेको थियो । उनीहरू सुनौली हुँदै लुम्बिनी पुगेका थिए । त्यहाँ अखण्ड शान्ति द्वीपबाट मायादेवी मन्दिरसम्म पिस वाक गरेका थिए । मायादेवी मन्दिरमा उनीहरूको भव्य स्वागत गरिएको थियो।

आज काठमाडौं ओर्लिएसँगै बौद्ध, स्वयम्भू परिक्रमा गरेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरी भोलि भारत फर्कने कार्यतालिका छ ।

अब अलोकातर्फ फर्कौं 

अलोकाको कथा भारतबाट सुरु हुन्छ । त्यसबेला अलोका लगभग ४ वर्षको थियो । बौद्ध भिक्षुहरू पैदल यात्रा गरिरहेको बेला यो कुकुर स्वतस्फूर्त उनीहरूको लस्करमा मिसियो । अलोकालाई प्रशिक्षित गरिएको थिएन । न उसलाई कसैले डोहोर्‍याएको थियो । ऊ आफैंले भिक्षुहरूको संगत रोजेको थियो ।

तस्वीरहरू : आर्यन धिमाल ।  

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?