+
+
Shares

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २४ गते २०:०३

२४ असोज, भक्तपुर । भक्तपुरको ठिमी राधेराधे अगाडि मोटरसाइकलले शुक्रबार साँझ ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

सिर्जना नगर बस्ने ३२ वर्षको दिपेश पाण्डेले चलाएको बा. ५० प. नम्बरको मोटरसाइकलको ठक्करबाट पर्सा शान्तिनगर-८ घरभई राधे राधेमा डेरा गरी बस्ने किसान पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका घाइते पासवानको अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल र चालक पाण्डेलाई नियन्त्रणमा लिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?