+
+
Shares

सहकारी पीडितलाई राज्यकोषबाट रकम फिर्ता गरिएको होइन : मन्त्री रावल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३ गते १७:१४

२ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पीडितहरूको रकम राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको दाबी गरेकी छिन् ।

राज्यकोषबाट सहकारी पीडितहरूको रकम वितरण भइरहेको चर्चा भईरहेका बेला मन्त्री रावलको यस्तो स्पष्टीकरण आएको हो ।

‘‘समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताहरूको वचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसा पनि खर्च गरिएको छैन । त्यसैले यस प्रयोजनका लागि राज्य कोषको रकम खर्च गरिएको भन्ने भ्रमबाट मुक्त हुन सम्पूर्ण माननीय सदस्यज्यूहरूलाई अनुरोध गर्दछु,’ मन्त्री रावलले भनिन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको सम्बन्धि विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले राज्यकोषबाट समस्याग्रस्त सहकारीहरू पीडितहरूको रकम उपलब्ध गराएको भन्ने भ्रमबाट मुक्त हुन सांसदहरूलाई पनि आग्रह पनि गरिन् ।

मन्त्री रावलले उक्त रकम समस्याग्रस्त सहकारी संस्थाका व्यवस्थापन, संचालक, लेखा समितिलगायतबाट असुली गरिएको पनि बताइन् ।

‘पछिल्लो ३ महिनामा मात्रै विभिन्न ८ वटा समस्याग्रस्त सहकारी रुजु भएको १० हजार र सो भन्दा मुनिका एक हजार ४५२ बचतकर्ताहरूको ५९ लाख ४६०० बचत फिर्ता गरिएको छ । साथै ३ महिना भित्र ३ करोड ५४ लाख ४९ हजार ऋण असुली भईसकेको छ । उक्त रकम सम्बन्धित संस्थाका संचालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारीहरूबाट व्यवस्थापन गरिएको हो,’ मन्त्री रावलले भनिन् ।

मन्त्री रावलले सरकारले संघीयताको भावना अनुसार तीन वटै तहका सरकारको सहकार्यलाई बलियो बनाउने गरी बजेटको व्यवस्था गरेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?