३ असार, काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उमेरहदका कारण पदबाट बिदा भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रेग्मीको नागरिकतामा उल्लेखित जन्म मितिका आधारमा अनिवार्य अवकाशको उमेर हद ६५ वर्ष पूरा भइसकेको जानकारीसहित पत्राचार गरेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्यालयको पत्र प्राप्त भएसँगै रेग्मीको आजै बिदाइ गरिएको छ । रेग्मीको बिदाइ भएसँगै आयोगका सदस्य ई. माधव बेलबासेले निमित्त अध्यक्षको जिम्मेवारी पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4