+
फिफा विश्वकप २०२६ :

केनको दोस्रो गोलमा इंग्ल्यान्डलाई फेरि अग्रता

२०८३ असार  ४ गते २:३१ २०८३ असार ४ गते २:३१

फिफा विश्वकपमा केनको यो दशौँ गोल हो । विश्वकपमा सर्वाधिक १० गोल गर्ने इंग्लिस खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन् ।

३ असार, काठमाडौं । ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया विरुद्धको खेलमा फेरि अग्रता लिएको छ ।

डालास स्टेडियममा भइरहेको खेलमा केनले ४२औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाए । डेक्लास लाइसको कर्नरमा केनले हेडमार्फत गोल गरेका हुन् ।

फिफा विश्वकपमा उनको यो दशौँ गोल हो । विश्वकपमा सर्वाधिक १० गोल गर्ने इंग्लिस खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन् । इंग्लयान्डका ग्यारी लिनेकरले १० गोल गरेका थिए ।

त्यअघि कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता  दिलाएका थिए ।

केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपरडोमिनिक  लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपनि पुन: पेनाल्टी प्रहार गरिएको थियो । यस पटक केनले कुने गल्ती नगरी गोल गरे ।

क्रोएसियाका कप्तान लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।

क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरि गोल फर्काए । पिटर सुसिकको ले-अफ पासमा बाटुरिनाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

 

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय