४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने छ ।
केन्द्रीय समितिको बैठक असार ५ र ६ गते बोलाइएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार यसपटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशन केन्द्रित हुनेछ । बैठकले महाधिवेशनको मिति समेत तोक्नेछ ।
केन्द्रीय कार्यसमिति बैठक धुम्बाराहीको सूर्य ब्यांकेटमा असार ५ गते बिहान ११ बजे बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4