+
+
Shares

लिङ्देनलाई दिलविकासले भने- पार्टी कार्यालय रहेको मेरो घर खाली गरिहाल्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • घरधनी दिलविकास राजभण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई विशालनगरस्थित आफ्नो घर तुरुन्त खाली गर्न खुला पत्रमार्फत आग्रह गरेका छन् ।
  • राजभण्डारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आर्थिक हैसियतमाथि प्रश्न उठाउँदै काठमाडौंको भवन र इलामको रिसोर्टको स्रोत खुलाउन माग गरेका छन् ।
  • उनले २०७९ सालको निर्वाचनमा पार्टीका कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई दिएको रकममध्ये बाँकी ३५ लाख रुपैयाँ फिर्ता गर्न माग गरेका छन् ।

४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विशालनगरस्थित घर खाली गर्न घरधनी दिलविकास राजभण्डारीले भनेका छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र केन्द्रीय समितिलाई खुला पत्र राजभण्डारीले घर खालि गर्न भनेका छन् ।

राप्रपा परित्याग गरेका डा. धवलशमशेर राणाको पक्षमा देखिएका राजभण्डारीले राप्रपा अध्यक्ष लिङ्देनको आर्थिक हैसियतमा समेत प्रश्न उठाएका छन् ।

‘यति छिट्टै राजधानीमा आलिशान भवन कसरी खडा भयो ?  इलाममा रिसोर्ट बनाउने आर्थिक स्रोत कहाँबाट जुटाउनु भयो ?,’ उनले प्रश्न गरेका छन् ।

२०७९ सालको निर्वाचनमा कोषाध्यक्ष नीलकण्ठ काफ्लेलाई ४५ लाख रुपैयाँ दिएकोमा १० लाख रुपैयाँ मात्रै फिर्ता पाएको राजभण्डारीले खुलापत्रमा लेखेका छन् ।

‘बाँकी रहेको ३५ लाख रुपैयाँ आलटाल नगरी तुरुन्त फिर्ता दिनुहोस् । तपाईले राप्रपा डुबाउनुभयो । मेरो अन्तरआत्माको पुकार अनुसार तुरुन्त मेरो घर खालि गरिहाल्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?