News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले सरकारले कर्मचारीलाई आतंकित र अपमान गरेको आरोप लगाए ।
- सांसद पोखरेलले बीवाईडी गाडी आयातमा करछली भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरे ।
- वर्तमान सरकार सनकका आधारमा अगाडि बढेकाले यसले मुलुकलाई दुर्घटनाको बाटोमा लैजाने चेतावनी उनले दिए ।
४ असार, काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले सरकारका गतिविधिहरूले राम्रो संकेत नदिएको टिप्पणी गरेका छन् ।
कर्मचारीहरूलाई आतंकित गर्ने, अपमान गर्ने, अपशब्दहरू प्रयोग गर्ने खालका सरकारका गतिविधिहरूले राम्रो संकेत नगरेको उनको जिकिर थियो ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री बालेन शाहको राष्ट्रघाती अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहोर्याए ।
‘यो सरकार सनकको आधार अगाडि बढयो भने यो कुनै राम्रो ठाउँमा पुग्दैन । देश निर्माणको बोटामा पुग्दै पुग्दैन । यो दुर्घटनाको बाटोमा जान्छ । त्यसैले म सरकारलाई सम्माननीय सभामुखमार्फत आग्रह गर्न चाहन्छु–कि यो कर्मचारीहरूलाई आतंकित गर्ने, अनुसन्धान गर्नुहोस् त्यसमा कोहीवात छैन,’ उनले भने, ‘तर आतंकित गर्ने, अपमान गर्ने, अपशब्दहरू प्रयोग गर्ने यस प्रकारका गतिविधिहरू जुन देखिएका छन । कर्मचारीमाथि जुन प्रकारको आतंक मच्चाइएको छ । यो निश्चित पनि राम्रो कुरा होइन । राम्रो संकेत होइन ।’
उनले बीवाईडीमा करछली भएको भन्दै संसदीय छानविन समिति गठन गरी त्यसको तथ्य बाहिर ल्याउन पनि सरकारसँग माग गरे ।
‘हामी नायक दलहरू हौ । हामीले सात सालको क्रान्तिको नेतृत्व गर्र्यौ । २०४६ सालको आन्दोलन नेतृत्व गरियो, २०६२/६३ को आन्दोलनको नेतृत्व गरियो । कुनै समिति वा आयोग बनाएर यो संविधान जारी भएको होइन ,’ उनले भने, ‘संविधानसभाबाट संविधान बनाउने शक्ति हौ हामी सभामुख महोदय । प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र वीवाईडी प्रकरणको छानविन गर्न म हार्दिक आग्रह गर्दछु ।’
सांसद पोखरेलले वर्तमान सरकार सनकका आधारमा अघि बढेकाले यसले मुलुकलाई अघि बढाउने आधार नभएको पनि बताए ।
प्रतिक्रिया 4