+
+
Shares

बिना शीर्षकमा धेरै बजेट राखिएपछि रास्वपाकै सांसदले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद बदनकुमार भण्डारीले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको बजेट पारदर्शी नभएको भन्दै प्रतिनिधि सभामा प्रश्न उठाए ।
  • मन्त्री महावीर पुनले कुल चार अर्ब बजेटमध्ये साढे तीन अर्ब रुपैयाँ अबन्डामा राखिएको बताए ।
  • मन्त्री पुनले नयाँ मन्त्रालय भएकाले ऐन, कानून र कार्यक्रम तय नहुँदा बजेट अबन्डामा राख्नुपरेको स्पष्टीकरण दिए ।

४ असार, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा बिना शीर्षकमा धेरै बजेट राखिएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदले प्रश्न उठाएका छन् ।

यो मन्त्रालयको बजेटमाथिको छलफलमा रास्वपाका सांसद बदनकुमार भण्डारीले बिना शीर्षकमा धेरै बजेट राखिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘जुन अबन्डा बजेट छुट्याइएको कुरा गर्नुभएको छ । यो जनताले तिरको कर जनताले कहाँ खर्च भयो भनेर पारदर्शी ढंगले जानकारी गराउनुपर्ने,’ उनले भनेका छन्,’ उनले भनेका छन्, ‘र हामी सुशासनकै कुरा गरेर बनेको सरकारले ठूलो रकम अबन्डामा छुट्याउनु भनेको यो ठिक छैन ।’

पछि मन्त्री बनेको हुनाले कार्यक्रम र योजना समेट्न नसकिएको भए पनि अबन्डामा धेरै रकम राख्नुलाई उचित मान्न नसकिने उनले बताएका छन् ।

उनी अगाडि भन्छन्, ‘त्यत्रो रकम अबन्डामा छुट्याउनु भनेको पारदर्शीतामा र जनताले तिरेको करको खर्च कहाँ भइरहेको छ भन्ने नदेखिएकोले यसबारे थप जानकारी गराइदिनुहुन अनुरोध गर्दछु ।’

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ मन्त्रालय हो । यो मन्त्रालयलाई सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल बजेटको एक प्रशिशत रकम विनियोजन गरेको छ । यसको रकम चार अर्ब रहेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले जानकारी दिए ।

‘बजेट चार अर्ब जति रुपैयाँ छ,’ पुनले भनेका छन्, ‘चार अर्ब जुन छुट्याइएको छ । यसमा पनि साढे तीन अर्ब अबन्डामा छ ।’

नयाँ मन्त्रालय भएकोले नयाँ कार्यक्रम बनाउनुपर्ने भएकाले यसो गर्नुपरेको उनले बताए ।

तर, यसो भनेर मात्रै नहुने सांसदहरूको आग्रह छ ।

जवाफमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री पुनले अबन्डामा कति रकम राखिएको भनेर सचिवले जानकारी दिएको बताए । आफू मन्त्री भएको केही दिनमै बजेट आएकोले पनि यस्तो हुन पुगेको बताए ।

कार्यक्रम नै नभएको, ऐन र कानुन नै नभएकोले अबन्डामा रकम राखिएको होला भन्ने जवाफ दिए ।

कानुन नबनाएसम्म चार अर्ब पनि बढी रकम हुने उनले बताए । आवश्यक कानुनहरू बनिसकेपछि भने यसवर्ष भन्दा धेरै बजेट चाहिने र त्यसअनुसार काम गर्ने उनले बताए ।

दोस्रो वर्षमा यो मन्त्रालयको बजेट एक प्रतिशतबाट दुई प्रतिशत, तेस्रो वर्ष तीन प्रतिशत बजेट विनियोजन गर्ने गरी अगाडि जाने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?