News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको ताक्लाकोटमा निर्माणाधीन तीन तले घरबाट खसेर घाइते भएका हुम्लाका ४० वर्षीय सन्जीव रावलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
- रावललाई हिल्सा नाकाबाट हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
४ असार, हुम्ला । हुम्लासँग सिमाना जोडिएको चीनको ताक्लाकाेटमा निर्माणाधीन तीन तल घरबाट खसेर एक जना नेपाली घाइते भएका छन् ।
खार्पुनाथ गाउँपालिका-२ का ४० वर्षीय सन्जीव रावल घर निर्माण गर्न क्रममा बिहीबार बिहान तीन तलबाट खसेर घाइते भएका हुन् ।
घाइते रावललाई हिल्सा नाकाबाट हेलिकप्टरमार्फत सदरमुकाम उद्धार गरी ल्याइएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
रावलको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेकाे हुम्लाका डीएसपी शंकर खडकाले बताए ।
रावलकाे ढाडमा चाेट लागेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4