News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विगतका सरकारहरूभन्दा वर्तमान सरकारले सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको दाबी गरेका छन्।
- सरकारले सडक सुरक्षाका लागि ३ वर्षे कार्ययोजनासहित ४ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेर काम शुरू गरिसकेको उनले बताए।
- जिल्ला सदरमुकाम जोड्ने एक लेनका सडकहरूलाई आगामी ३ वर्षभित्र दुई लेनमा विस्तार गर्न ११ अर्ब बजेट विनियोजन गरिएको उनले बताए।
४ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरूले भन्दा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको दाबी गरेका छन् ।
सडक दुर्घटना रोक्न नसकेको भनि सरकारको आलोचना भईरहेका बेला मन्त्री लम्सालले यस्तो दाबी गरेका हुन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले ४ वर्षे योजनासहित सडक सुरक्षाको कार्ययोजना तय गरेर लागू गर्न शुरु गरिसकेको बताए ।
‘आज भन्दा अघि जति सरकारहरू थियो, तिनीहरू भन्दा धेरै बढी सडक सुरक्षामा ध्यान दिएका छौं । अहिले हामीले ३ वर्षको सडक सुरक्षा योजना बनाएका छौं । र यसमा भरपुर बजेट पनि राखिएको छ । हामीले रोड फर्निसिङमा ३ अब वर्षे कार्ययोजनासहित ४ अर्व ७४ करोड विनियोजन गरेका छौं,’ मन्त्री लम्सालले भने ।
मन्त्री लम्सालले आगामी ३ वर्ष भित्रमा जिल्ला सदरमुकाम जोडनै सबै एक लेनको सडकलाई २ लेनमा विस्तार गर्ने पनि बताए ।
‘हामीले जिल्ला जोडने एकलेनको सडक बनाउने भनेर ११ अर्व बजेट विनियोजन गरिएको छ । त्यो सडक चौडा गर्नका लागि मात्रै हो । यसले पुगेन भने हामीले बजेट पनि थप्छौं । तर आगामी ३ वर्ष भित्र हामीले एक लेनको सडकलाई २ लेन बनाएर सक्नेछौं,’ मन्त्री लम्सालले भने ।
मन्त्री लम्सालले एक लेनको सडकमा धेरै दुर्घटना भएपछि सरकारले त्यसलाई दुई लेनमा रुपान्तरण गर्नका लागि बजेटको आवश्यक व्यवस्था मिलाएको पनि बताए ।
प्रतिक्रिया 4