+
+
Shares

खुट्टा भाँच्ने पूर्वाधारमन्त्रीको अभिव्यक्तिमा सांसद शाहीको टिप्पणी : जिम्मेवारीबाट भाग्नेलाई उत्तरदायी बनाउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १३:०२

१ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ‘खुट्टा भाँच्ने’ भन्ने भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको अभिव्यक्तिमा टिप्पणी गरेका छन् ।

‘भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल‘ज्यूले खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएको भन्दै केहीले विरोध गरिरहेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर मेरो बुझाइमा उक्त अभिव्यक्तिको आशय हिंसा प्रवर्द्धन गर्नु होइन, कानुन मिच्ने, लापरवाही गर्ने र जनताको काममा बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध कडा सन्देश दिनु हो ।’

जनताको सेवामा बसेर आफ्नो जिम्मेवारी पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने र राज्यको प्रणालीलाई कमजोर बनाउनेहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नैपर्ने उनको माग छ ।

‘जनताले परिणाम चाहेका छन्, बहाना होइन । अनुशासन, जवाफदेहिता र परिणाममुखी कार्यसंस्कृति स्थापित नगरी सुशासन सम्भव हुँदैन र देशले अपेक्षित गति लिन सक्दैन्,’ शाही लेख्छन्, ‘जिम्मेवारीबाट भाग्नेहरूलाई संरक्षण होइन, कानुनअनुसार उत्तरदायी बनाउने समय आएको छ।’

हेर्नुहोस् स्टाटस :

नोट:यसअघि समाचारमा अन्यथा भएकोमा सच्याइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?