+
+
Shares

निर्धक्क भए हुन्छ, ठूला आयोजनाको बजेट अभाव हुँदैन : मन्त्री लम्साल

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठूला राजमार्ग र बहुवर्षीय आयोजनाका लागि पर्याप्त बजेट व्यवस्था गरिएको बताए ।
  • बजेट किताबमा कम रकम देखिए तापनि बहुवर्षीय ठेक्का प्रक्रियामार्फत आयोजना सम्पन्न गर्न आवश्यक बजेट सुनिश्चित हुने उनले स्पष्ट पारे ।
  • अर्थ मन्त्रालयको अबण्डामा समेत बजेट सुरक्षित रहेकाले कुनै पनि जरुरी योजना अगाडि बढाउन सरकार तयार रहेको उनले उल्लेख गरे ।

४ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ठूला आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै उनले राजमार्गसहितका ठूल्ठूला आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी गरेका हुन् ।

‘सबै धेरैजसो हाईवेहरू बहुवर्षीय नै हुन्छ । त्यसमा कमै पैसा देखिएपनि त्यो निर्माण सम्पन्न हुनका लगि जति पैसा चाहिने हो, त्यो पैसा छ । त्यसमा निर्धकक्क हुनुहोला,’ उनले भने ।

त्यसअवसरमा उनले बहुवर्षीय आयोजनाहरूका लागि बजेटको अभाव नहुने कुरामा निर्धक्क हुन पनि सांसदहरूलाई आश्वस्त बनाए ।

मन्त्री लम्सालले अर्थ मन्त्रालयमा अबण्डामा पनि बजेट रहेकाले आयोजनाहरूको लागि बजेटको अभाव नहुने पनि बताए ।

‘ठूल्ठूला योजनाहरूलाई पनि थोरैथोरै बजेट भन्ने गुनासो छ । राजमार्ग भनेको छ । बजेट एक अर्व हालेको छ । त्यस्तो होइन । टेण्डर जान्छ । काम मोबिलाइजेशन हुन्छ । काम गर्नु हुन्छ उहाँहरूले,’ उनले भने, ‘एक अर्ब बजेट छ भन्दैमा एक अर्बको मात्रै टेन्डर खुल्ने होइन । बहुवर्षीय टेण्डर हुन्छ । जति पैसा लाग्छ, त्यो योजनालाई । त्यति पैसाको टेन्डर खुल्ने हो । त्यति पैसा बजेट कितावमा नदेखिएर हजुरहरूले त्यो प्रश्न गर्नु भएको हो ।’

मन्त्री लम्सालले कुनै जरुरी महत्वको आयोजना भए त्यसलाई अघि बढाउन सरकार तयार रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?