+
+
Shares

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा विश्वकप प्रसारणको सहप्रायोजक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले फिफा विश्वकप २०२६ को नेपालमा प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सहप्रायोजकका रूपमा सहकार्य गरेको छ।
  • यस सहकार्यअन्तर्गत विश्वकपको प्रसारण हिमालय स्पोर्ट्स टीभी तथा डिगो एपमार्फत हुनेछ।
  • नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सहकार्य आफ्ना लागि गर्वको विषय भएको बताए।

४ असार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा फिफा विश्वकप फुटबल २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सहप्रायोजकको रूपमा सहकार्य गरेको छ।

यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टीभी तथा डिगो एप मार्फत सहभागी रहनेछ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सहप्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए ।

‘विश्वभरका अर्बौं दर्शकको आकर्षण केन्द्र रहने यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत मानिसलाई एकताबद्ध गराउँछ’ उनले भने ‘यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिति जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो।’

यस सहकार्यले नेपाली दर्शकमाझ विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउनका साथै नेपाल लाइफको ब्रान्डलाई देशभरका खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने विश्वास लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?