+
फिफा विश्वकप २०२६ :

विश्वकपमा क्यानडाको ऐतिहासिक जित

२०८३ असार  ५ गते ५:५७ २०८३ असार ५ गते ५:५७

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडाले फिफा विश्वकप–२०२६ मा कतारलाई ६–० गोल अन्तरले पराजित गर्दै विश्वकप इतिहासमा पहिलो जित दर्ता गरेको छ ।
  • क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने कतारका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।
  • यो जितसँगै क्यानडा दुई खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

५ असार, काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप–२०२६ मा फराकिलो जित निकालेको छ ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो ।

क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एकएक गोल गर्दा एक गोल उपहार पायो ।

खेलको १६औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

३३औं मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सीमित भयो । पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाए ।

५१औं मिनेटमा असिम माडिबोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएसँगै कतार ९ खेलाडीमा सीमित रह्यो । जसकाे फाइदा क्यानडाले उठायाे । ६४औं मिनेटमा नाथनले गोल गर्दे क्यानडालाई ४ गोलको अग्रतामा पुर्‍याए ।

खेलको ७५औं मिनेटमा कतारका मोहम्मद मनाईले आत्मघाती गोल गर्दा क्यानडाको अग्रता ५–० मा पुग्यो । दोस्रो हाफको इन्जुरी समयमा जोनाथनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० को फराकिलो जित दर्ता गर्‍यो ।

यो विश्वकप इतिहासमा क्यानडाले पहिलो जित निकालेको हो । यसअघि दुई विश्वकप खेलेको क्यानडाले कुनै पनि जित निकाल्न सकेको थिएन ।

यो जितसँगै क्यानडा २ खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान ३ अंक भएको स्विट्जरल्यान्ड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । बोस्निया एन्ड हर्जगोभिना र कतारको समान एकएक अंक छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय