News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा काठमाडौंका जिल्ला अध्यक्ष नवराज सिम्खडासहितका नेता र कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
- पार्टी आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख भएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
- राजीनामा दिनेहरूमा काठमाडौं जिल्ला कार्यसमिति र क्षेत्र नम्बर २ का नेताहरू रहेका छन् ।
५ असार, काठमाडौं । राप्रपाका काठमाडौं जिल्ला अध्यक्षसहित नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख गएको हुँदा पार्टी परित्याग गर्नुपरेको काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडाले बताएका छन् ।
पार्टीमा भनाई र गराईमा एकरुपता नहुँदा काठमाडौं समितिमा रहेकाहरुले संयुक्त राजीनामा दिएको उनले जानकारी गराएका छन् ।
‘आजको मितिबाट राप्रपा काठमाडौं जिल्लामा विभिन्न तहमा कार्यरत पार्टीका साथीहरू राप्रपाबाट अलग भएर स्वतन्त्र बस्ने निर्णय गरेका छौं ,’ सिंम्खडाले भने ।
राजीनामा दिनेहरुमा काठमाडौं समिति, काठमाडौं–२ को समितिका लगायत रहेको जानकारी गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4