News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैं गरीबी झेल्नुपरेको बताएका छन् ।
- उनले प्रतिनिधि सभा बैठकमा श्रम शक्तिले मात्र सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सक्ने भएकाले श्रम अभियान आवश्यक रहेको बताए ।
- अध्यक्ष साम्पाङले श्रम गर्नेमाथि विभेद नगर्न र श्रमलाई माया गरेर अघि बढ्न सबैलाई आह्वान गरे ।
५ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैं गरिबी झेल्नुपरेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले श्रम शक्तिबाट मुलुकको सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सकिने भएकाले श्रमलाई अभियानको रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।
अध्यक्ष साम्पाङले श्रमलाई माया गरेर अघि बढन पनि सबैलाई आह्वान गरे ।
श्रमले मात्रै मुलुकमा आयआर्जन बढाउने हुनाले त्यसलाई हेयको दृष्टिले हेर्न नहुने उनको तर्क छ ।
साम्पाङले भने,‘श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ । हामी कसलाई कति टयाक्स लगाउने, एक रुपैयाँ कहाँबाट उठाउने, २ रुपैयाँ कहाँबाट उठाउने भन्ने रन्कोमा छौँ । तर हामीले हाम्रो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि श्रमको अभियान, श्रम गर्नु पर्दछ भन्ने शिक्षा, श्रमप्रतिको एउटा सकारात्मक धारणा हामीले कहिल्यै पनि धारण गरेनौं । फलत हामी सधैंभरि गरिब छौं ।’
अध्यक्ष साम्पाङले आफूले श्रम गर्नेमाथि विभेद गर्नु हुन्न भनेर अभियान सञ्चालन गरेको दाबी गरे ।
प्रतिक्रिया 4