+
+
Shares

कारोबारसहित बढ्यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १५:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सेयर बजार १.६३ अंकले बढेर २७०२ अंकमा कायम भएको छ भने ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।
  • नयाँ कम्पनीहरू सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।
  • बुंगल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी १२.४५ प्रतिशतले घटेको छ ।

५ असार, काठमाडौं । शुक्रबार सेयर बजार १.६३ अंक बढेको छ । अघिल्लो दिन ५ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २७०२ अंकमा कायम भएको छ ।

केही दिनयता नै बजारको उतारचढाव न्यून भएको छ । आज नेप्से न्यूनतम २६९२ तथा अधिकतम २७११ अंकको बीचमा रह्यो ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५३ करोडको भयो । ११६ कम्पनीको मूल्य बढ्दा १४० को घट्यो भने १७ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ जम्मा ०.०८ अंक रातो रह्यो । त्यस्तै विकास बैंक ०.१३, होटल तथा पर्यटन ०.३१, निर्जीवन बीमा ०.३३, अन्य ०.२९ प्रतिशत घटे । फाइनान्स ०.६६, जलविद्युत् ०.०९, लगानी ०.११, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.२४, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार ०.७५ प्रतिशत बढे ।

दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता १०६० रुपैयाँ तथा एपोलोको ९१६ रुपैयाँ पुगेको छ ।

त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको मूल्य ९.०८, रिलायन्स फाइनान्सको मूल्य ६.७२, गुराँस लघुवित्तको ४.५५ प्रतिशत मूल्य बढ्यो । बुंगल हाइड्रोपावरको १२.४५ प्रतिशत घट्यो। त्यस्तै आत्मनिर्भर लघुवित्तको १०.२१ तथा सालपा विकास बैंकको ३.२८ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएकामा कम्पनीमा सोपान फर्मास्युटिकल्स, आँखुखोला जलविद्युत्, युनाइटेड मोदी हाइड्रोपावर र बुंगल हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?