News Summary
Generated by OK AI. Editorially reviewed.- नेप्से परिसूचक ४.०० अंकले घटेर २७२४ अंकमा कायम भएको छ ।
- बजारमा सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेर ४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
- नयाँ सूचीकृत सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।
२८ जेठ, काठमाडौं । अघिल्लो दिन ८ अंक घटेको सेयर बजार शुक्रबार ४.०० अंक घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २७२४ अंकमा कायम भएको छ । दिउँसो पौने १ बजेतिर नेप्से हरियो देखिए पनि धेरैजसो समय रातो अंकमै रह्यो ।
आज कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडको भयो । ९२ कम्पनीको मूल्य बढ्दा १६७ को घट्यो भने १२ को स्थिर रह्यो । सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । निर्जीवन बीमा ०.३३, अन्य ०.१८ तथा व्यापार ०.३७ प्रतिशत बढे ।
बैंकिङ ०.१२, विकास बैंक ०.१५, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.२५, लगानी ०.०९, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४९ तथा माइक्रोफाइनान्स ०.३४ प्रतिशत घटे ।
दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ५३१.७० रुपैयाँ तथा एपोलोको ४५५.६० रुपैयाँ पुगेको छ ।
त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको १३.३१ तथा हिमाल दोलखा हाइड्रोपावरको ४ प्रतिशत मूल्य बढ्यो । कालिन्चोक हाइड्रोपावरको मूल्य १०.६६ प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको ४.४३, झापा इनर्जीको ३.२५ तथा घोराही सिमेन्टको ३.१२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा सेन्ट्रल फाइनान्स, सिटी होटल, आँखुखोला जलविद्युत्, हिमाल दोलखा हाइड्रोपावर तथा रिलायन्स स्पिनिङ मिल्स छन् ।
प्रतिक्रिया 4