+
+
Shares

बैतडीमा बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, १० जना घाइते

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ करिब ५:४० बजे अनियन्त्रित भएर सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ असार ५ गते १९:५४

५ असार, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ साइलेकमा भएको यात्रुबाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ करिब ५:४० बजे अनियन्त्रित भएर सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । मृतक चन्द पाटन नगरपालिका–४ स्थित भुमेश्वर माध्यमिक विद्यालयका शिक्षक हुन् ।

घाइतेहरूमा दशरथचन्द नगरपालिका–४ की २७ वर्षीया लक्ष्मी ऐरी, दशरथचन्द नगरपालिका–४ मडालाका ८ वर्षीय हेमविक्रम जोशी, दशरथचन्द नगरपालिका–४ मडालाकी ६० वर्षीया पूर्णदेवी जोशी, दशरथचन्द नगरपालिका–४ की २२ वर्षीया पूजा कार्की, दशरथचन्द नगरपालिका–२ देहीमाण्डौकी २० वर्षीया ललिता लावड, ३२ वर्षीया जानकी लावड, दशरथचन्द नगरपालिका–६ की ३० वर्षीया लक्ष्मी साउँद, दशरथचन्द नगरपालिका–५ का ५२ वर्षीय कर्णदेव भट्ट, दशरथचन्द नगरपालिका–४ का ३ वर्षीया दृष्टि कार्की र बसका सहचालक पाटन नगरपालिका–९ का ३५ वर्षीय कविराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइतेमध्ये सहचालक भट्टलाई धनगढी रिफर गरिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

बसमा चालकसहित १२ जना सवार थिए । चालक पाटन नगरपालिका–८ का ३७ वर्षीय केशवसिंह महरा सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?