+
+
Shares

नेपाललाई देवभूमिको रूपमा चिनाउने प्रयास गरेकोमा सरकारप्रति आभार : आचार्य गिरी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको जुना अखडाका आचार्य महामण्डलेश्वर अवधेशानन्द गिरीले नेपाललाई देवभूमिको रूपमा चिनाउने प्रयास गरेकोमा सरकारप्रति आभार प्रकट गरेका छन् ।
  • काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाल र भारतको सांस्कृतिक आध्यात्मिक चेतना एउटै रहेको तर नेपाल सम्प्रभु राष्ट्र भएको बताए ।
  • प्रवचनका क्रममा उनले "कोही पनि आफूभन्दा भिन्न छैन । सबै आत्मवत छन्" भन्दै सनातन संस्कृतिमा संसार एउटा परिवार भएको बताए ।

५ असार, काठमाडौं । भारतको प्रसिद्ध धार्मिकस्थल ऋषिकेशमा अवस्थितजुना अखडाका आचार्य महामण्डलेश्वर अवधेशानन्द गिरीले नेपाललाई देवभूमिको रूपमा चिनाउने प्रयास गरेकोमा सरकारप्रति आभार प्रकट गरेका छन् ।

आजै मात्र नेपाल आएका उनले हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा भएको प्रबुद्ध नागरिक गोष्ठीमा प्रवचनका क्रममा यस्तो आभार व्यक्त गरेका हुन् ।

उनले जानकीको स्मरण गर्दै नेपालकी छोरी जानकरी भारतकी भाग्य विधाता भएको बताए ।

करिब १० लाख नागा साधुहरूलाई सन्यासको दीक्षा दिएका उनले नेपाल र भारतको सांस्कृतिक आध्यात्मिक चेतना एउटै रहेको बताए ।

यद्यपि नेपाल सम्प्रभु राष्ट्र रहेको उनको भनाइ थियो ।

कोही पनि आफूभन्दा भिन्न छैन । सबै आत्मवत छन्,’ प्रवचनका क्रममा उनले भने, ‘पाश्चात्य संस्कृतिमा संसार एउटा बजार हो तर सनातन संस्कृतिमा संसार एउटा परिवार हो । यहाँ एकात्मताको कुरा हुन्छ ।’

सबैले एक हौ भन्ने भावना राख्नुपर्ने उनको भनाइ थियो । ‘हामीलाई कसैले जाति, भाषा, सम्प्रदाय आदिका आधारमा नतोडोस् । यो हेक्का हामीले राख्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?