+

रुपेश र कृतिसरा राष्ट्रिय बुद्धिचाल विजेता

२०८३ असार  ५ गते २२:४७ २०८३ असार ५ गते २२:४७

यस प्रतियोगिताबाट विश्व बुद्धिचाल महासंघले आयोजना गर्ने ४६औं चेस ओलम्पियाडमा नेपाल बुद्धिचाल महासंघले पूर्व घोषणा गरे अनुसार पुरुष र महिलातर्फ ५-५ खेलाडी छनोट भएका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको दमकमा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि खुलातर्फ रुपेश जैसवाल र महिलातर्फ कृतिसरा अधिकारीले जितेका छन् ।
  • यस प्रतियोगितामार्फत आगामी सेप्टेम्बरमा उज्बेकिस्तानमा हुने ४६औँ चेस ओलम्पियाडका लागि नेपालबाट १० जना खेलाडी छनोट भएका छन् ।
  • खुलातर्फका विजेता रुपेशले ११ खेलबाट ९.५ अङ्क र महिलातर्फकी विजेता कृतिसराले ८.५ अङ्क जोडेर उपाधि हासिल गरेका हुन् ।

५ असार, दमक । २६औं खुल्ला र ११औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम  रुपेश जैसवाल र कृतिसरा अधिकारीले जितेका छन् ।

नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश तथा जिल्ला बुद्धिचाल संघ झापाको आयोजनामा झापाको दमकस्थित होटल कामाक्षमा भएको प्रतियोगितामा रुपेश खुलातर्फ र कृतिसरा महिलातर्फ च्याम्पियन बने ।

यस प्रतियोगिताबाट आगामी सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा हुने ४६औँ चेस ओलम्पियाडका लागि पुरुष तथा महिला गरि १० जना खेलाडी छनोट भएका छन् ।

प्रतिस्पर्धाको खुलातर्फ रौतहटका एफएम रुपेश जैसवालले ११ खेलबाट ९.५ अंक जोडेर उपाधि रक्षा गरेका छन् । तेस्रो पटक नेपाल विजेता बनेका रुपेशले अन्तिम खेल सुश्रुत दहालसँग बराबरी खेलेका थिए ।

यस्तै दोलखाका युवा आशिष फुयाल ७.५ अंकसहित दोस्रो तथा पूर्व नेपाल च्याम्पियन राजन सुबेदी ७ अंकसहित तेस्रो स्थानमा रहे । समान ७ अंक बनाएर टाइब्रेकका आधारमा झापाका सिएम सुश्रुत दाहाल चौथो, काठमाडौंका सिएम पुरुषोत्तम सिलवाल पाँचौँ तथा पाँचथरका रिशोन थापा छैटौँ स्थानमा रहे ।

क्झापाका ज्वाला इम्बुङ ६ अंक, सुनसरीका मुहान नरसिंह श्रेष्ठ ४.५ अंक, समान ३ अंक जोडेका खोटाङका  धिरेन राई, काठमाडौंका पुरुषोत्तम चौलागाईं, बाँकेका अभीक शाह र १.५ अंकमा ललितपुरका कमल श्रेष्ठले बाह्रौं स्थानमा रहे ।

यसैगरी महिलातर्फ झापाका कृतिसरा अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै ८.५ अंकसहित राष्ट्रिय महिला च्याम्पियनको उपाधि जितिन् ।

झापा कै पूजा भण्डारी ७.५ अंकसहित दोस्रो तथा दोलखाका निहाना श्रेष्ठ ७ अंकसहित तेस्रो भइन् । समान ७ अंक प्राप्त गरेकी एन्जल महर्जन टाइब्रेकका आधारमा चौथो भइन्।

डाईरेक्ट इन्काउण्टर, सोन्नेवर्ग बर्जर टाइब्रेकका आधारमा समान ६.५ अंक जोडेर काठमाडौंका बिनिता कपाली, निवर्तमान ओमन नेपाल च्याम्पियन सिन्दिरा जोशी र झापाका प्रिया क्षेत्री क्रमशः छैटौं स्थानमा रहे ।

यस्तै ताप्लेजुङका सुशिला गुरुङ ५.५ अंक, बाँकेका इशा गिरी ४.५ अंक, झापाका पुनम प्रसाईं ३ अंक, प्रविशा दवाडी २ अंक र नुमा सुब्बा १.५ अंक जोडेर स्पर्धा अन्त्य गरेका छन् ।

विश्व बुद्धिचाल महासंघले आयोजना गर्ने ४६औं चेस ओलम्पियाडमा नेपाल बुद्धिचाल महासंघले पूर्व घोषणा गरे अनुसार पुरुषतर्फ एफएम रुपेश जैसवाल, आशिष फुयाल, राजन सुवेदी, सिएम सुश्रुत दहाल र सिएम पुरुषोत्तम सिलवाल छनोट भएको महासंघका सदस्य राजु ताम्राकारले जानकारी दिए ।

यस्तै महिलातर्फ पूर्व विजेता सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, निहाना श्रेष्ठ र एञ्जल महर्जन छनोट भएका छन् ।

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय